काठमाण्डौ । नेपाल इन्भेष्टर्स फोरमको अध्यक्षमा अम्बिकाप्रसाद पौडेल र उपाध्यक्षमा छोटेलाल रौनियार मनोनीत भएका छन् ।
तत्कालीन अध्यक्ष डा. आत्माराम घिमिरे र उपाध्यक्ष रणकेशव प्रधानले पदबाट राजीनामा दिएपछि रिक्त दुुई स्थानमा पौडेल र रौनियार मनोनीत भएका हुन् ।
उनीहरुले घिमिरे कार्यकालकै बाँकी अवधिसम्म मात्र जिम्मेवारी सम्हाल्नेछन् ।
फोरमको विभिन्न मितिमा बसेको बैठकले रिक्त कार्यकारिणी सदस्य पदमा अञ्जिव तुलाधार र अतितलाल श्रेष्ठलाई मनोनयन गरेको छ ।
इन्भेस्टर्स फोरमले अध्यक्ष, उपाध्यक्ष र २ नयाँ सदस्यको मनोनयनसँगै लामो समयदेखि रिक्त नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी पद तत्काल पूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । फोरमले विज्ञप्ति जारी गर्दै भनेको छ–‘विगत लामो समयदेखि नेपाल स्टक एक्सचेञ्ज लिमीटेडको प्रमुख कार्यकारी पद रिक्त रहन गएकोमा पूँजीबजार विकासका लागि सक्षम, योग्य एवम् अनुुभवी प्रमुख कार्यकारी अधिकृत अविलम्ब नियुक्तिका लागि सरकारसँग जोडदार माग गर्दछौ ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19