साउदीअरब । साउदी अरबस्थित जुवेलका पान्डा रिटेल मार्केटमा कार्यरत नेपालीहरुले धुर्मुस–सुन्तली फाउन्डेसनलाई आर्थिक सहयोग गरेका छन् ।

साउदी पुुगेका फाउण्डेसनका संस्थापकद्वय हाँस्यकलाकार तथा समाजसेवी धुर्मुस र सुन्तलीलाई नेपाली कामदारहरुले उठाएको ५१ हजार १ सय ११ रुपैयाँ एक समारोहका बीच हस्तान्तरण गरिएको हो । 

जुवेलस्थित न्यूू अन्नपूर्ण रेस्टुरेन्टमा एक समारोहको आयोजना गरी व्यवसायी, समाजसेवी, बुद्धिजीवी, पत्रकार लगायतको उपस्थितिमा सिटी मनि ट्रान्सफर र पारिवारिक समाज नेपालमार्फत बाढीपीडितको सहयोगार्थ धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा रौतहटमा निर्माणाधीन ‘एकीकृत नमुना सन्तपुर बस्ती’का लागि सो सहयोग उपलब्ध गराइएको पाण्डा टीमा कार्यरत नितेश निरौलाले जानकारी दिए । उनका अनुसार हाइपर पान्ड, सुपर पान्ड र पान्डाटी मा कार्यरत नेपालीहरुले संयुक्त रुपमा सो सहयोग रकम उपलब्ध गराएका हुन् ।