काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि बजारमा दोहोरो अंकको पहिरो गएको छ । बजार बढ्ने आम अपेक्षाविपरीत बजार दैनिकजसो दोहोरो अंकले घट्न थालेपछि लगानीकर्ता अत्तालिएका छन् । तर, बजारका विज्ञ तथा विश्लेषकहरुले भने समग्र नेप्से परिसूचक भन्दा कम्पनीको बित्तीय अवस्था हेरेर लगानीको निर्णय लिन भन्दै नअत्तालिन आग्रह गरेका छन् । उनीहरुले नयाँ सरकार गठनसँगै बजारले गति लिने भन्दै केही समय संयमित हुन समेत लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।
यो दिन बजार परिसूचक १२.३२ अंकले घटेर १४७२.१५ अंकमा सीमित बन्न पुुगेको छ । यो दिन कारोबार रकम भने बढेको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम बढ्नुुलाई सकारात्मक रुपमा लिनुपर्छ ।
यो दिन उत्पादनमूलक समूहको सूचकमा ०.५९ अंकको झिनो बढोत्तरी भए पनि बाँकी सबै समूहमा रातो पोतिएको छ ।
बैकिङ समूह ६.०२ अंकले घटेको छ भने बिमा, विकास बैंक र माइक्रोफाइनान्स समूहमा क्रमशः ७७.६१ अंक, १९.३५ र २१.०५ अंकले घटे । यस्तै, व्यापारिक समूह १.९४ अंकले घट्यो भने होटल समूह ११.१५, जलविद्युत समूह २२.४७, बित्त समूह २.७८, अन्य समूह २३.१४ अंकले घटे ।
‘क’ वर्गका कम्पनीको कारोबारमा सुधार नहुँदा सेन्सेटिभ इण्डेक्स २.७४ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा पनि ०.७५ अंकको गिरावट आयो ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५३ कम्पनीका ९ लाख ९० हजार ९ सय ८ कित्ता ४७ करोड ५८ लाख ३७ हजार ४ सय ११ रुपैयाँमा किनबेच भयो । बुधबार ४२ करोड ४३ लाखको सेयर कारोबार भएको थियो ।
यो दिन सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ करोड ७७ लाख बढीको कारोबार गर्यो । नेपाल टेलिकमले ३ करोड ५८ लाख, मुक्तिनाथ विकास बैंकले ३ करोड ५ लाख, जनता बैंक नेपालले २ करोड ३१ लाख, एभरेष्ट बैंकले १ करोड ९० लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ८४ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ५० लाख, बैंक अफ काठमाण्डूूले १ करोड १४ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन महुली सामुदायिक लघुवित्त संस्थाले सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्य ६.०४ प्रतिशतले वृद्धि भयो । यस्तै, ललितपुर फाइनान्सले ५.४९ र प्रोग्रेसिभ फाइनान्सले ५.२९ प्रतिशतको दरले सम्पत्तिको मूल्य बढाए ।
यो दिन विजय लघुवित्त बित्तीय संस्थाले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा घट्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago