काठमाण्डौ । लगानीयोग्य रकम(तरलता) अभाव र त्यसपछि उत्पन्न ब्याजदर आतंकले सेयर बजारमा तीव्र गिरावट हुन थालेको छ । मंगलबार उच्च अंकले घटेको बजारमा बुधबार पनि भीषण पहिरो गएको छ ।
नेप्से परिसूचक तीन महिनाकै न्यून स्तरमा झरेको हो । यो दिन नेप्से परिसूचक २१.५३ अंकले घटेर १४२५.५१ अंकमा सीमित बन्न पुुगेको छ ।
उत्पादनमूलक बाहेकका सूचकमा समेत उच्च गिरावट देखिएको छ ।
बजारमा अत्तालिएर सेयर बिक्री गर्नेको लर्को लागेपछि कारोबार रकम भने बढेर ७५ करोड ८९ लाखको उचाईमा पुुगेको छ ।
सेयर बजार घट्दो क्रममा रहेको संभावित घाटाबाट बच्न भन्दै सेयर बिक्रीको चाप समेत ह्वात्तै देखिएको छ । तर, यस्तो अवस्थामा अत्तालिएर सेयर बेच्नुु गलत काम हो । घट्दो बजारमा अत्तालिएर राम्रा कम्पनीको सेयर बिक्री गर्नु कालीदासले झै आफैं अडिएको हाँगा काट्नुु जस्तै रहेको विश्लेषकहरु बताउँछन् ।
बजार घटेको बेला राम्रा कम्पनीको सेयर खरीद गर्ने र बढेको बेला नाफा बुक गरेर बिक्री गर्ने लगानीकर्तालाई मात्र स्मार्ट लगानीकर्ता भन्न सकिन्छ । तर, नेपाली लगानीकर्ताहरुमा ज्ञानको अभावले बजार घटिरहँदा संभावित जोखिमबाट बच्न भन्दै सेयर बिक्री गर्नेको होड नै चलेको छ ।
यो दिन ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ४.७२ प्रतिशतले घटिसकेको छ । यसको अर्थ ‘क’ वर्गका कम्पनीहरुले धेरै गुमाएका छन् । यस्तो अवस्थामा राम्रा कम्पनीको सेयर सस्तोमा खरीद गर्ने स्वर्णिम अवसरलाई उम्कन नदिनूू नै स्मार्ट लगानीकर्ताका लागि श्रेयस्कर हुन्छ । यस्तै, समग्र कारोबार मापक फ्लोट इण्डेक्स १.४९ अंकले घटेको छ ।
यो दिन बैकिङ समूह १७.८६ अंकले घटेको छ । यस्तै, बिमा समूह १३६.९१ अंक, विकास बैंक, माइक्रोफाइनान्स र बित्त समूह २४.६९, २३.७२ र ४.३६ अंकले घटेका छन् । जलविद्युत समूहमा २४.२९ अंकको गिरावट देखिएको छ भने होटल समूह ५.६ अंक र अन्य समूह २०.५३ अंकले घटेको छ । यो दिन ६.५२ अंकले बढेको छ ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १५६ कम्पनीका १३ लाख ५६ हजार ३२ कित्ता सेयर ७५ करोड ८९ लाख ३४ हजार ९ सय ६ रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ११ करोडको हाराहारीमा संस्थापक सेयरको कारोबार भयो । यस्तै, स्ट्याण्डर्ड चार्टर्डले १० करोड ७४ लाख, एभरेष्ट बैंकले ७ करोड २७ लाख, नेपाल टेलिकमले ३ करोड ७५ लाख, प्रभूू बैंकले २ करोड ९० लाख, एनसीसी बैंकले २ करोड ५२ लाख बढीको कारोबार गर्यो ।
नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ९५ लाख बढीको साधारण सेयर कारोबार भएको बजारमा चिलिमे हाइड्रोले १ करोड ७६ लाख, बुटवल पावर कम्पनीले १ करोड २६ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन महुली सामुदायिक लघुवित्त संस्थाले धेरै कमायो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । ललितपुर फाइनान्स र नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयरको मूल्यमा समेत ५ प्रतिशतको हाराहारीमा वृद्धि भयो ।
यो दिन सबैभन्दा बढी सिन्धुु विकास बैंकका लगानीकर्ताले गुमाए । यो कम्पनीको मूल्य ६ प्रतिशतको हाराहारीमा घट्न पुुग्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago