काठमाण्डौ । नेपाल राष्ट्रबैंकले २०७४ साउन ९ गते जारी गरेको एकीकृत निर्देशिकामा पूँजी बजारमा बैंक तथा बित्तीय संस्थाहरुले लगानी गर्दा अपनाउने कठोर नीतिका कारण पूँजीबजार दिनप्रतिदिन घटिरहेको दाबी गर्दै नेपाल इन्भेष्टर्स फोरमले मंगलबार गभर्नरलाई ज्ञापनपत्र बुुझाएको छ । 

राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपाल र डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई भेट गरी फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल नेतृत्वको समूहले ४ बुँदे माग प्रस्तुत गरेको हो । 

फोरमले नेप्से १८८८ सम्म पुुग्दा कडा गरिएका कारणले पूँजीबजार निरन्तर घट्दै गएको र धेरै लगानीकर्ताहरुले यस क्षेत्रबाट ठूलो मात्रामा नोक्सानी व्यहोरा पूँजीबजारबाट विस्थापित हुनुु परेको दाबी गरेको छ । 

यस्तै, बैंकलाई ब्रोकर लाइसेन्स दिने सम्बन्धमा पनि राष्ट्रबैंकबाट ठोस निर्देशन नभएको र मातहतका बैंक तथा बित्तीय संस्थाहरु अन्यौलमा परेका बताइएको छ । 

यस्तै, ज्ञापनपत्रमा सबैभन्दा बढी जोखिम भारित भएको कारणले सेयरकर्जाप्रति बैंक तथा बित्तीय संस्थाहरु आकर्षित नहुनु तथा यसलाई लगानीको एउटा क्षेत्रको रुपमा नलिई अतिरिक्त तरलता व्यवस्थापन गर्ने क्षेत्रको रुपमा मात्र लिनुु र मार्जिक प्रकृतिको कर्जामा बैंक तथा बित्तीय क्षेत्रले सही किसिमले नबुझिदिनुु वर्तमानमा पूँजीबजारमा गिरावट गराउने अर्को कारण बनेको समेत दाबी गरिएको छ । 

पूँजीबजारको  विकास तथा लगानीकर्ताको विश्वास यस बजारप्रति बढाउन र भविष्यमा बढी भन्दा बढी सर्वसाधारणलाई पूँजीबजारमा ल्याई निस्क्रिय रहेको पूँजीलाई संकलन र विकास निर्माणमा परिचालन गर्न समेत एकीकृत निर्देशिकामा रहेका प्रावधान संसोधन गरी बैंक तथा बित्तीय संस्थालाई निर्देशन दिन समेत माग गरिएको छ । 

फोरमले राष्ट्रबैंकसमक्ष प्रस्तुत गरेको ४ बुँदे माग यस्तो छ: