काठमाण्डौ । मञ्जुश्री फाइनान्सले आफ्ना सेयरधनीलाई ६ प्रतिशतका दरले बोनस सेयर दिने घोषणा गरेको छ ।
यो फाइनान्सको पुस २८ गते बसेको १४८ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।
हाल यो कम्पनीको चुक्तापूँजी ७२ करोड ४३ लाख रुपैयाँ रहेको छ । यो हिसाबले कम्पनीले ४ करोड ३४ लाख बढीको बोनस सेयर वितरण गर्नेछ ।
यो कम्पनीले हाल कायम चुक्तापूँजीको ५ प्रतिशतले हुन आउने ३ करोड ६२ लाख बराबरको हकप्रद सेयर निश्कासनको प्रक्रिया समेत सुरु गरिसकेको छ । हकप्रदका निश्कासनका लागि कम्पनीको विशेषसाधारणसभाले स्वीकृति दिइसकेको छ भने धितोपत्र बोर्डको स्वीकृतिको पर्खाइमा रहेको छ ।
प्रस्तावित हकप्रद र बोनस सेयरको पूँजीकरणपछि कम्पनीको चुक्तापूँजी ८० करोड माथि पुग्नेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago