काठमाण्डौ । बजारमा तीव्र गतिमा गिरावट भई ठूलो पहिरो गएको छ । कारोबार सुरु भएलगत्तैदेखि घट्न थालेको बजार पहिलो एकघण्टामा निकै ठूलो अंकले घट्न पुुगेको हो ।
मध्यान्ह १२ बजेसम्म नेप्से परिसूचक ३४.१४ अंकले घटिसकेको छ । यो अवधिमा बजारमा ३ प्रतिशतसम्मको गिरावट आएर सर्किट ब्रेकर लाग्ने अवस्था आउने संभावना भने टरेको छ । बजार पहिलो एकघण्टा २.५४ प्रतिशतले मात्र घटेको छ ।
यो अवधिसम्म सबै समूहको सूचकमा पहिरो गएको छ । सबैभन्दा बढी माइक्रोफाइनान्स, बैकिङ समूह, विकास बैंक, बिमा र अन्य समूहको सूचकमा पहिरो गएको छ । माइक्रोफाइनान्स समूहको सूचकमा ३.३ प्रतिशतको गिरावट आएको छ भने बैकिङ समूह पनि करिब ३ प्रतिशतले घटिसकेको छ । अन्य अधिकांश समूहको सूचकमा २ प्रतिशत भन्दा बढीको गिरावट छ ।
पहिलो एकघण्टासम्म ९ करोड ४७ लाख बढीको कारोबार भएको छ । बजारमा बिक्रीको अधिक चाप देखिएका कारण कारोबार रकम बढी देखिएको हो ।
मेरो माइक्रोफाइनान्सले ९ प्रतिशतको हाराहारीमा, देव विकास बैंक, सेञ्चुरी कमर्सियल बैंक, फरवार्ड माइक्रोफाइनान्स, स्वरोजगार लघुवित्त विकास बैंक लगायतले ६ प्रतिशतको हाराहारीमा सम्पत्ति गुमाइसकेका छन् ।
गत साता बजार बन्द भएपछि नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारको लगानीलाई अनुत्पादक भन्दै सो सम्बन्धमा अनुदार नीति लिनसक्ने संकेत गरेपछि यसले बजार तरगिंत भएको देखिएको छ । लगानीयोग्य रकमको चरम अभावको समस्याबाट गुज्रिरहेका लगानीकर्ता अर्थमन्त्रीको भनाईबाट थप निराश भई सेयर बिक्री गर्न थालेपछि बजारमा यस्तो अवस्था देखिएको हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago