काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्रमार्फत सेयर बजारलाई सतही र अपारदर्शी भन्दै अर्थतन्त्रको जर्जर तस्विर पस्किएपछि त्यसको प्रभावले सेयर बजारमा पहिरो गएको छ ।
आइतबार कारोबार खुलेदेखि नै घट्न थालेको बजार ३३ अंक भन्दा बढीले घटेर केही सुधार भई पहिलो २ घण्टामा ११९२.२५ को विन्दूमा आएको छ । पहिलो २ घण्टासम्म चाहि नेप्से परिसूचक २८.०४ अंकले घटेको छ ।
बजारमा क वर्गका कम्पनीहरुमा उच्च बिक्री चाप देखिएको छ । यही कारण २ घण्टासम्म क वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ६.०८ अंकले घटिसकेको छ ।
पहिलो २ घण्टासम्म होटल, बिमा र जलविद्युत समूहमा ३ प्रतिशत भन्दा बढीको गिरावट देखिएको छ । बैकिंग समूह पनि २.५ प्रतिशतले घटिसकेको छ । सबै समूहको सूचक राताम्मे छन्।
उच्च बिक्री चापका कारण कारोबार रकम भने साढे १७ करोड भन्दा माथि छ ।
अर्थमन्त्री डा. खतिवडाले केही समयअघिदेखि सेयर बजारको बिषयमा नकारात्मक टिप्पणी गर्दै आएका छन् । उनले सेयर बजारमा गरिएको लगानी अनुत्पादक क्षेत्रमा गरिएको लगानी सोसरह हुने भनी गरेको टिप्पणीले पहिरो जान थालेको बजारमा पछिल्लो समय विराटनगर पुुगेर उनले अहिलेको अवस्थामा बजारमा लगानी गर्नै नहुने जस्ता विवादास्पद अभिव्यक्ति समेत दिएका थिए । आफैंले दिएको अभिव्यक्तिमा अडिग हुने स्वभावका अर्थमन्त्रीले लगानीकर्ताका संघसंस्थाले आन्दोलनको चेतावनी दिएलगत्तै श्वेतपत्रमार्फत उनीहरुको माग सम्बोधन हुने गलत प्रचार गरिएको थियो । गलत प्रचारको पछि लागेका लगानीकर्ताहरुले श्वेतपत्र कुरेका थिए, तर श्वेतपत्रमा समेत अर्थमन्त्रीले बजारको बिषयमा आफ्नो पुरानो धारणालाई यथावत नै राखेपछि त्यसको प्रभाव आइतबारको बजारमा देखिएको हो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19