काठामाडौँ । चालू आर्थिक वर्षको पहिलो नौ महिनाको अवधिमा स्वरोजगार लघुवित्त वित्तीय संस्थाका नाफा २ करोड ६६ लाख ८८ हजार रुपैया पुगेको छ । यो गत वर्ष यही अवधिसम्मको नाफाभन्दा करीव ३२ प्रतिशत बढी हो । गत वर्ष लघुवित्तले २ करोड ३ लाख नाफा आर्जन गरको थियो  ।

लघुवित्तको संचालन मुनाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले खुद नाफासमेत वृृद्धि भएको हो । गत वर्ष ३ करोड २० लाख संचालन मुनाफा आर्जन गरेको संस्थाले यस वर्ष ४ करोड १९ लाख मुनाफा आर्जन गरेको हो । 

यसैगरी गत वर्ष ६ करोड ४२ लाख खुद ब्याज आम्दानी गरेको संस्थाले यस वर्षको पहिलो नौ महिनामा ९ करोड २ लाख खुद मुनाफा आर्जन गर्न सकेको हो । 
समीक्षा अवधिसम्म संस्थाले १ अर्ब ९७ करोड कर्जा परिचालन गरेका छ भने ६८ करोड ६४ लाख मात्र निक्षेप संकलन गरेको छ । 

शून्य दशमलव २७ प्रतिशत खराब कर्जा रहेको संस्थाको प्रतिशयर आम्दानी भने २९ दशमलव ०५ रुपैयाँ कायम भएको छ । मुल्य आम्दानी अुनपात ४६ दशमलव ४७ रहको संस्थाको प्रतिशेयर नेटवर्थ १ सय ४६ दशमव १८ रुपैयाँ रहेको छ ।
१२ करोड २४ लाख चुक्ता पूँजी रहेको संस्थामा ५ करोड ६५ लाख जगेडा कोषमा रमक संचित छ ।