काठमाण्डौ । अख्तियार दुरुपयोग अनुन्धान आयोग पुगेका प्रहारीका एआइजी बोल्न नजान्दा झण्डै कारवाहीमा परेका छन् ।

एआइजी कृष्णकुमार तामाङलाई आयोगका आयुक्तहरुले बैठककै क्रममा कारवाहीको धम्की दिएका हुन् । 

गत बुधबार अख्तियारले गृहमन्त्रालयका सचिव,सुरक्षा निकायका प्रमुख तथा गृह र प्रहरीका सबै जसो उच्च अधिकृतहरुलाई बोलाएको थियो ।

गृहमन्त्रालय र मातहतका भ्रष्टाचारको विषयमा परेको उजुरीको बारेमा छलपल गर्न उनीहरुलाई बोलाएको थियो । यो समाचार आजको दृष्टि साप्ताहिकले छापेको छ । 

आयोगले उजुरीको विषयमा छलफल गर्न बोलाउँदा बिना कुनै तयारी एआइजी तामाङ पुगेका थिए । आयोगका पदाधिकारीहरुले राखेको प्रश्नमा केही पनि थाहा नभएको बताएपछि आयोगका आयुक्तहरुले उनलाई दफा १२ प्रयोग गरी कारवाही गर्ने धम्की दिएको समाचारमा उल्लेख छ ।