- अर्जुन तिमिल्सिना
काठमाण्डौ । अहिले अनलाइन मिडिया बढी हेरिन्छ। त्यसमाथि पनि सोसल मिडिया धेरै लगानीकर्ताका नजरमा पर्ने गर्छ।
स्पष्ट वक्ताका रुपमा चिनिएका नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री मिडियामैत्री व्यक्ति हुन् भन्दा फरक पर्दैन। किनकि सबै विज्ञ मिडियासँग बोल्न पनि चाहँदैनन्। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका क्षेत्री भने मिडियासँग प्रस्ट रुपमा बोलिदिन्छन्।
यहाँनेर अनौठो विषय के छ भने आफूले बोलेको मिडियामा आएको विषयबस्तुबारे क्षेत्रीले तुरुन्तै हेरेर गल्ती भए सुधार गर्न लगाउँछन्। यतिमात्रै होइन उनले त्यहाँ आएका प्रतिक्रिया एक–एक हेरेर कापीमै टिपेर राखेका हुन्छन्।
बिजशालाले केही समयपहिले पूर्वगभर्नर क्षेत्रीको अन्तर्वार्ता लिएको थियो। त्यतिबेला उनले नेप्से ७०० सम्म आउन सक्छ बताएका थिए। त्यस अन्तर्वार्ताका विषयवस्तुमा आएका प्रतिक्रिया उनले नोट नै गरेर राखेको देखाए। ती ९३ वटा प्रतिक्रियामा अधिकांशमा क्षेत्री र मिडियाप्रति आलोचना गरिएका थिए भने ५ वटा प्रतितिक्रिया क्षेत्रीको पक्षमा थिए।
पोखरामा केही दिनअघि बिजशालाकर्मीसँगको कुराकानीमा क्षेत्रीले उक्त अन्तर्वार्तामा पाठकबाट आएका प्रतिक्रिया एक–एक गरी पढेर सुनाए। प्रतिक्रिया जे आए पनि त्यो ठूलो ऊर्जा प्राप्त हुने र पाठ सिक्न पाइने क्षेत्री बताउँछन्। ‘यसबाट अन्तर्वार्ता लिने र दिने सबैले बुझ्नुपर्छ’, उनले भने, ‘जे भए पनि पाठकबाट आएका प्रतिक्रिया सकारात्मक रुपमा लिनुपर्छ। किनकि हरेक प्रतिक्रियाबाट सिक्ने मौका पनि हुन्छ।’
सबैको विचारको सम्मान हुनुपर्ने क्षेत्रीको भनाइ छ। ‘ती विचारमा अल्पमतमा परेँ तर मेरो सम्मान छ’, उनले भने।
यसअघिको सम्बन्धित समाचार–
‘नेप्से ७०० विन्दूमा झर्नुपर्छ, सुन्निएर ३२०० पुगेको हो’
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago