काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार आज आइतबारबाट खुलेको छ। 

सिटिजन लाइफको सेयर गत बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको थियो। यो कम्पनीको सेयर कारोबार उच्च रेन्जमा खुलेको हो।

नेप्सेले पहिलो कारोबारका लागि भने सिटिजन लाइफलाई प्रतिकित्ता न्यूनतम १७२.४३ रुपैयाँ र अधिकतममा ५१७.२९ रुपैयाँ ओपनिङ रेन्ज प्रदान गरेको थियो। आज स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर प्रतिकित्ता ५०८ रुपैयाँमा किनबेच भएको छ। 

यो कम्पनीलाई ‘सीएलआई’ कारोबार संकेत प्रदान गरेको छ।

नेप्सेमा यो कम्पनीको १०० अंकित दरका कुल ३ करोड ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २ करोड ६२ लाख ५० हजार कित्ता (७० प्रतिशत) र सर्वसाधारण समूह (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसहित)को १ करोड १२ लाख ५० हजार कित्ता (३० प्रतिशत) रहेको छ।