काठमाण्डौ । कुमारी बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
बैंकले समीक्षा अवधिमा १ अर्ब रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ८५.०७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले ५४ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा २६ करोड ४६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो मुनाफा १ अर्ब १० करोड रुपैयाँ रहेको थियो।
बैंकको वितरणयोग्य मुनाफा २९ करोड ८५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १९ करोड ६ लाख रुपैयाँ थियो।
यो त्रैमासमा बैंकले सञ्चालन मुनाफाबापत १ अर्ब ४३ करोड आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ७६ करोड ९४ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा सञ्चालन मुनाफा ८६.०१ प्रतिशतले बढी हो।
समीक्षा अवधिमा बैंकले १ अर्ब ९७ करोड खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब २८ करोड रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी ५३.२५ प्रतिशतले बढेको छ।
चुक्तापुँजी १४ अर्ब ७१ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार १६.१७ प्रतिशतले बढेर ५ अर्ब २ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ४ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो।
यो अवधिमा कुमारी बैंकले १ खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले १ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो।
समीक्षा अवधिमा खराब कर्जा अनुपात (एनपीएल) बढेर १.२८ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल ०.८२ प्रतिशत थियो। सीडी रेसियो ८८.९५ प्रतिशत रहेको बैंकको आधारदर १०.९९ प्रतिशत रहेको छ।
बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २७.२३ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस १५.६० रुपैयाँ रहेको थियो। पीई रेसयो ६.८३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४९.३६ रुपैयाँ रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago