काठमाण्डौ ।आठ वटा विकास बैंकहरुले मंसिर महिनाका लागि औसतमाब्याजदर घटाएका छन् ।

राष्ट्रियस्तरका ती बैंकहरुले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार दुई वटा बैंक बाहेक सबै विकास बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर कात्तिकको तुलनामा घटेको छ । जसअनुसार पाँच ओटा विकास बैंकहरुले मंसिर महिनाका लागि मुद्दति निक्षेपमा ९.४० प्रतिशत ब्याजदर दिने घोषणा गरेका छन् । ती बैंकको मुद्दति निक्षेपमा औसत ब्याजदर ९.७४ प्रतिशत रहेको छ ।

पुस महिनामा भने औसत ब्याजदर १०.२५ प्रतिशत थियो । लुम्बिनी विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले भने कात्तिक महिनाको तुलनामा मंसिरमा मुद्दति निक्षेपको ब्याजदर ०.३५ प्रतिशतले बढाएर १०.६० प्रतिशत पुर्‍याएका छन् । उता मंसिर महिनाका लागि गरिमा विकास बैंकले ०.३५ प्रतिशत ब्याजदर घटाएर ९.७५ प्रतिशत कायम गरेको छ ।साइन रेसुंगा विकास बैंकको पनि मुद्दती निक्षेपमा ९.४० प्रतिशत ब्याजदर कायम छ ।उक्त कम्पनीको अघिल्लो महिना भने ब्याजदर १०.२५ प्रतिशत थियो । त्यसैगरी, ज्योति विकास बैंकले पनि मुद्दती निक्षेपमा ९.४० प्रतिशत ब्याजदर कायम गरेको छ ।उक्त कम्पनीको अघिल्लो महिना पनि ब्याजदर १०.२५ प्रतिशत नै थियो ।

अन्य पाँच ओटा बैंकको ब्याजदर ०.८५५ ले घटेर ९.४० प्रतिश कायम भएको छ । बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था छ । 

अघिल्लो महिना भने सबै विकास बैंकले मुद्दति निक्षेपमा १०.२५ प्रतिशत ब्याजदर कायम गरेका थिए।

औसतमा विकास बैंकहरुको ब्याजदर पनि सिंगल डिजिटमा आएको देखिएको छ । बैंकको ब्याजदर घट्दै गएकाले व्यापारिक कारोबारमा थप सहजता आउने आकलन गरिएको छ ।

कात्तिकको तुलनामा वाणिज्य बैंकहरुले पनि मंसिरका लागि निक्षेपको ब्याजदर औसतमा घटाएका छन् ।

केही महिनादेखि नै औसत ब्याजदर घट्दै आएको थियो । यो क्रमले मंसिरमा पनि निरन्तरता पाएको देखिएको  छ ।