काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद निष्कासन गर्न अनुमति पाएको छ ।

कम्पनीलाई नेपाल धितोपत्र बोर्डले हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले बोर्डबाट गत पुस १९ गते  हकप्रद निष्कासनका लागि अनुमति पाएको बताएको छ ।

बोर्डले कम्पनीलाई १स्१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्कासनको लागि अनुमति दिएको हो ।  कम्पनीले २६ लाख २४ हजार ६ ७६  कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।