काठमाण्डौ । महालक्ष्मी विकास बैंकको कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा दिपेश लम्साल नियुक्त भएका छन् । 

बैंकको पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले लम्साललाई बैंकको कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

उनलाई माघ १ गतेदेखि लागू हुने गरी सो पदमा नियुक्त गरिएको हो ।

लम्साल हाल बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् । 

साथै, सञ्चालक समितिले कम्पनीका सीईओ बोधराज देवकोटा पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओ जिम्मेवारी लम्साललाई दिइएको कम्पनी सचिव सोमराज पन्तले बताएका छन् ।


लम्सालसँग बैंकिङ क्षेत्रको २४ वर्षभन्दा बढी अनुवभ छ । नबिल बैंकमा ८ वर्ष र कुमारी बैंकमा ४ वर्ष काम गरेका उनी महालक्ष्मी बैंकमा भने विगत १२ वर्षदेखि कार्यरत छन् ।