काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मुक्तिनाथ विकास बैंकको दोस्रो बजारमा सेयर कारोबार बुधबारदेखि फुकुवा गरेको छ ।
कम्पनीले कारोबार समयमा बैठक सञ्चालन मनसायपूर्व रुपमा नभई संयोगमात्र पर्न गएको र लाभांशको विषय साढे ४ बजे मात्र बैठकमा छलफल भएको स्पष्टीकरण पेश गरेपछि नेप्सेले कारोबार फुकुवा गरेको हो ।
साथै कम्पनीले आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
यसअघि नेप्सेले कारोबार समयमा धितोपत्र मूल्यमा प्रभाव पार्ने संवेदनशील निर्णय गरेको भन्दै सेयर कारोबार रोक्का गरेको थियो ।
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago