काठमाण्डौ । गरिमा विकास बैंकको १७ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।

सभाले सेयरधनीहरुलाई ९.५० प्रतिशत बोनश सेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश गरी जम्मा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभाले कम्पनीको अधिकृतपूँजी बृद्धि गरी ५ अर्ब ७० करोड रुपैयाँ बनाउने, आव २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गर्नेलगायतका प्रस्तावहरु पारित गरेको छ । 

हाल ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको साधारणसभाबाट पारित ९.५० प्रतिशत बोनश सेयर वितरणपश्चात चुक्तापूँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७ रुपैयाँ पुगेको छ । 

कम्पनीका हाल देशभर १२३ शाखा कार्यालय र ५१ वटा एटीएम सञ्चालनमा छन् ।

साथै कम्पनीले हालसम्म करिब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी करिब  ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको  बताएको छ ।