काठमाण्डौ । लुम्बिनी विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

आज(पौष २६ गते) बैंकको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । 

उक्त  सभाले गत आव २०७९/८० का लागि ४.५० प्रतिशत नगद लाभांश र ४.०० प्रतिशत बोनस सेयर सहित कुल ८.५० प्रतिशत लाभांश  बितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

त्यस्तै सभाले आव २०७९/८० को बार्षिक प्रतिबेदन पारित गरी आ. ब. २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ ।