काठमाण्डौ । उर्जा मन्त्रालयले सरकारले बनाउन लागेका केही प्रतिष्ठित जलविद्युत आयोजनामा लगानीका लागि अनलाइनबाटै प्रतिबद्धता जनाउन सकिने व्यवस्था गरेको एक दिनमै ६५ करोड बराबरको लगानी जुटेको छ ।
उर्जा मन्त्रालयस्थित स्रोतका अनुसार मंगलबार साँझसम्म देशभित्र र बाहिरका १० हजार बढी सर्वसाधारणहरुले ६५ करोड बढीको लगानीको प्रतिबद्धता व्यक्त गरिसकेका छन् ।
सरकारले सर्वसाधारणले चाहेजति लगानी जलविद्युत आयोजनामा लगाउन पाउने अफर सार्वजनिक गर्दै त्यसका लागि तत्काल अनलाइन प्रतिबद्धता जनाउन सकिने सोमबारदेखि व्यवस्था गरेको थियो । यो व्यवस्था भएको एकदिनमै यति ठूलो लगानी प्रतिबद्धता आएको हो ।
मन्त्रालयका अनुसार व्यक्तिगत रुपमा लगानीको प्रतिबद्धता जनाउनेहरुको संख्या धेरै छ । व्यक्तिगत रुपमा हालसम्म ६२ करोड रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता आएको छ भने विभिन्न कम्पनीले ३ करोडको लगानीको प्रस्ताव गरेका छन् । अनलाइन फारम भरेर लगानी प्रतिबद्धता गर्ने क्रम निकै तीव्र गतिमा भइरहेको र एकसाताभित्रमा निकै ठूलो लगानी प्रतिबद्धता जुट्ने अपेक्षा गरिएको छ ।
नागरिकबाट उठाइएको रकम जलविद्युत् उत्पादन कम्पनीले अगाडि बढाउने नलसिंहगाड, शारदा, माथिल्लो अरुण, तल्लो अरुणजस्ता महत्वपूर्ण र बहुउद्देश्यीय आयोजनामा लगानी गर्ने सरकारको योजना छ ।
लगानीकर्ताहरुले लाइन नबसी रकम हाल्न सकून् भन्ने उद्देश्यले उर्जा मन्त्रालयले अनलाइनबाट सेयर आवेदन भर्न पाउने सुविधासहितको वेबसाइट सोमबार सार्वजनिक गरेको थियो । जलविद्युतमा लगानी गर्न चाहनेहरुलाई प्रोत्साहन गर्न सम्भव भएजति सबै प्रविधिको प्रयोग गरेर सरल बनाउने योजनाअनुरुप पहिलोचरणमा वेबसाइट संचालन गरिएको बताइएको थियो ।
देशभित्र वा बाहिर रहेका नेपालीहरुले आफूले गर्नसक्ने लगानीको प्रतिबद्धता अनलाइनबाटै गर्न सक्ने व्यवस्था मिलाइएको । यसरी आएको लगनाीको प्रतिबद्धताको आधारमा निर्माण गर्नसकिने आयोजना छनौट गरी त्यसको जानकारी लगानीकर्तालाई दिइने मन्त्री शर्माले प्रष्ट्याए । यो योजना अन्तर्गत गैरआवासीय, आम नागरिक, सरकारीरसंस्थानका कर्मचारी र वैदेशिक रोजगारीमा रहेकाले पनि शेयर लगानी गर्न सक्नेछन्।
यसरी भर्नुहोस् आवेदन
आवेदन भर्न सुरुमा यो वेबसाइट लगइन गर्नुहोस् । त्यसपछि नेपालको पानी, जनताको लगानी भन्ने ठाउँमा क्लिक गरेपछि मुख्य अनलाइन पेज आउनेछ । नयाँ प्रयोगकर्ताहरुले नयाँ इकाउन्ट बनाउनुपर्छ । त्यसमा गएर इमेल र पासवर्ड हाल्नुपर्छ । र, तपाईको इमेलमा नोटिफिकेसन आउँछ । त्यो नोटिफिकेसनमा क्लिक गरेपछि मात्रै तपाईको एकाउन्ट एक्टिभ हुनेछ । यसपछि मात्र तपाई यो वेबसाइटमा सेयर लगानी फारम भर्न योग्य ठहरिनुहुनेछ । पहिलो पेजमा तपाईले आफ्नो व्यक्तिगत विवरणहरु भर्नुपर्छ । त्यसपछि तपाईले अर्को पेज गई लगानीकर्ताको प्रकार छान्नुपर्छ । यसमा गैरआवासीय, आम नागरिक, सरकारी र संस्थानका कर्मचारी र वैदेशिक रोजगारीका गरी चार वर्गका लगानीकर्ता राखिएका छन् । त्यसपछि तपाईंले इच्छाएका व्यक्तिको विवरण भर्नुपर्छ । त्यसपछि अर्को पृष्ठमा गएर आफूले लगानी गर्ने कुल रकमको प्रतिबद्धता व्यक्त गर्नुपर्छ । प्रारम्भमा लगानीको प्रतिबद्धता मात्र जनाउने हो, पैसा नै जम्मा गरिहाल्नु नपर्ने सुविधा दिइएको छ । यसरी ६ चरणमा फारम भरेपछि तपाई पनि सरकारले बनाउने भएको जलविद्युत आयोजनाको संभावित लगानीकर्ता बन्नुहुनेछ । सरकारले मागेको बेला आफूले व्यक्त गरेको प्रतिबद्धता अनुसारको रकम तोकिएको बैंक खातामा जम्मा गर्नुपर्नेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago