काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावरले आफ्नो १५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। 

कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो भदौ ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ। 

सभाले आयोजना प्रभावित दोलखा जिल्लास्थित विभिनन सामाजिक संस्थाहरुलगायत अन्य संस्थाहरुलाई सञ्चालक समितिको विभिन्न मितिको निर्णय र व्यवस्थापनलाई प्राप्त अख्तियारीभित्र रही आर्थिक वर्ष २०७८–७९मा आर्थिक सहयोग उपलब्ध गराइएको रकम अनुमोदन गर्नेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ। 

वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ साउन २५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।