काठमाण्डौ । अपर तामाकोशीको आइपीओ आगामी मंसिर ११ गते बाँडफाँड हुने भएको छ । 

बिक्री प्रबन्धकको काम गरिरहेको नागरिक लगानीकोषका सेयर शाखा प्रमुख रोशनजंग कार्कीका अनुसार निकै ठूलो संख्यामा रहेको दोहोरो आवेदनका कारण बाँडफाँडको मिति टुंग्याउन ढिलाई भएको हो । 

प्रारम्भिक चरणमा तामाकोशीको आइपीओमा करिब ६ हजार दोहोरो आवेदन परेका देखिएको छ । यसअघि दोहोरो आवेदनको संख्या १२ हजारसम्म रहेको अनुमान गरिएको थियो । 

यो कम्पनीको आइपीओमा करिब ३ लाख ४५ हजारले आवेदन दिएका छन् । उनीहरुले ६ करोड ७० लाख कित्ता खरीदका लागि आवेदन दिएका हुन् । 

यो जलविद्युत कम्पनीले कुल १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ निश्कासन गरेको थियो ।