काठमाण्डौ । अपी पावर कम्पनी लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ चमात्कारिक प्रगति गरेको छ। 

यो कम्पनीले गत वर्षको दोश्रो त्रैमासको तुलनामा यो वर्ष सोही अवधिमा खूद नाफा ४ गुणाले बढाएको हो । 

कम्पनीले सोमबार प्रकाशित गरेको बित्तीय विवरणका अनुसार अघिल्लो वर्ष ८४ लाख नाफामा सीमित रहेकोमा यो वर्ष बढाएर ३ करोड ४५ लाखको उचाईमा पुर्याएको हो । 

कम्पनीले यो अवधिमा १४ करोड ५६लाख लगानी थपेको छ भने कम्पनीले बिजुली बिक्री गरी ८ करोड ७५ लाख रुपैयाँ कमाएको छ । अपीको कुल आम्दानी वृद्धि भई ८ करोड ८१ लाख रुपैयाँको उचाईमा पुुगेको छ । 

यो अवधिमा कम्पनीको चुक्तापूँजी १ अर्ब ५ करोड रहेको छ भने जगेडा कोषमा ४ करोड ९१ लाख रुपैयाँ जम्मा भएको छ । 

अपी पावर कम्पनीको वार्षिकीकृत प्रति सेयर आम्दानी ६ रुपैयाँ ५८ पैसा, प्रति सेयर नेटवर्थ १०४ रुपैयाँ ६८ पैसा र मूल्य आम्दानी अनुपात ६१.६ गुणा कायम भएको छ ।