काठमाण्डौ । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ। 

कम्पनी सञ्चालक समितिको बुधबार (पुस ६ गते) बसेको बैठकले वार्षिक साधारणसभा पुस २८ गते आयोजना गर्ने निर्णय गरेको हो।

सभा काठमाण्डौको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले सर्वसाधारण समूहका तर्फबाट एकजना सञ्चालकको निर्वाचन गर्नुका साथै सञ्चालक समितिबाट नियुक्त गरिएको स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। 

सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको पुस १३ गतेसम्म कायम सेयरधनीहरु यो कम्पनीको सभामा भाग लिन योग्य हुनेछन्।