 
                     
                                
                             
                                    काठमाण्डौ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बटहरु सन् २०२३ को सुरुदेखि नै चर्चामा छन्। एआईको चर्चा लामो समयदेखि भइरहेको भए पनि च्याटजीपीटीको सुरुआतपछि यसको चर्चा बढ्न थालेको छ।
च्याटजीपीटी, नोसन्स, मिडजर्नी र स्टेबल डिफ्युजनलगायत धेरै नामहरु यस सूचीमा थपिँदैछन्। तर, अहिले एनआईको चर्चाको कारण उनीहरु खुबीमात्रै होइन तिनहरुको तीव्र विकासका कारण जनता त्रसित भएका छन्।
एआई मानिसभन्दा बलियो, बुद्धिमान र आत्मनिर्भर हुने डर बढेको छ। यी सबैमा बढी त्रास एआईको मानिसले जस्तै सोचविचार गर्न सक्ने होला भन्ने हो।
वालस्ट्रिट जर्नललाई दिएको अन्तर्वार्तामा गुगल डिप माइन्डका सीईओ डेमिस हसबिसले आगामी ५ वर्षमा एआई मानिसको बुझाइ र ज्ञानको स्तरमा पुग्ने बताए। डेमिसका अनुसार आगामी दिनमा एआई अनुसन्धानको गति पनि बढ्न सक्छ।
पछिल्ला केही वर्षमा विकासको गति अचम्मको रहेको हसबिसले बताए। विकास सुस्त हुनुको कुनै कारण नदेखेको उनले बताए। हसबिसले भने, ‘म त्यस्तो कुनै कारण देख्दिनँ, जसले गर्दा प्रगति सुस्त होस्। मलाई लाग्छ यसले गति लिन्छ।’
हालै एआईका गडफादर भनिने जिओफरी हिन्टनले गुगलबाट राजीनामा दिएका छन्। उनले एआईसँग सम्बन्धित केही खतराहरुबारे पनि मानिसहरुलाई चेतावनी दिएका छन्। उनले एक अन्तर्वार्तामा भनेका थिए, ‘एआई च्याटबटले चाँडै मानिसले जस्तै सोच्ने स्तर पार गर्नेछ। एआई खराब चीजहरुका लागि पनि दुरुपयोग हुन सक्छ। यसले निकै डरलाग्दो अवस्था निम्त्याउन सक्छ।’ –एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19