काठमाण्डौ । वैदेशिक रोजगारीमा गएकाहरुले अब आइपीओमा १० प्रतिशत आरक्षणको सुविधा पाउने भएका छन् । 

अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । 

कुनै पनि कम्पनीले प्राथमिक रुपमा जारी गर्ने साधारण सेयरको कुल कित्ताको १० प्रतिशत वैदेशिक रोजगारीमा जानेहरुका लागि आरक्षण गरिने उनले बताएका हुन् । 

यस्तै, गैरआवासीय नेपालीले पनि धितोपत्र बजारमा लगानी गर्न पाउने गरी आवश्यक व्यवस्था हुने उनले बताए । 

धितोपत्रको दोश्रो बजारलाई थप प्रतिस्पर्धी बनाउने समेत उनले घोषणा गरे ।