काठमाण्डौ । एनसीसी बैंकलाई प्राप्ति गरेपछि बनेको कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप राणा बन्ने घोषणा गरिएको छ।
मर्जरपछि कुमारी बैंक र एनसीसी बैंकको आज एकीकृत वित्तीय कारोबारको सुरुआत गर्न आयोजित कार्यक्रममा अब कुमारी बैंकको अध्यक्ष राणा बन्ने घोषणा गरिएको हो। साबिकको एनसीसी बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले यसअघिको सहमतिबमोजिम राणालाई कुमारी बैंकको अध्यक्ष चयन गरिने जानकारी दिएका हुन्।
राणालाई अध्यक्ष चयन गर्ने निर्णय आजै हुने पनि न्यौपानेले जानकारी दिए। ‘एकीकृत कारोबार शुभारम्भ कार्यक्रमपछि बस्ने सञ्चालक समितिको बैठकले उहाँलाई अध्यक्षमा चयन गर्नेछ’, उनले भने।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19