काठमाण्डौ । अमेरिकी डलरको विनिमय दर आज शुक्रबार बढेको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार १ अमेरिकी डलरबराबर खरिद दर ११७.०१ र बिक्री दर ११७.६१ रुपैयाँ कायम गरेको छ। यो विनिमय दर नेपाली बजारमा हालसम्मकै दोस्रो उच्च हो।
यसअघि सन् २०१८ अक्टोबर १० मा १ डलरको खरिद दर ११८.७३ रुपैयाँ र बिक्री दर ११९.३३ रुपैयाँ कायम भएको थियो। जुन अहिलेसम्मकै उच्च हो।
कोरोना भाइरसको संक्रमणले विश्वका थुप्रै मुलुकको अर्थतन्त्र कमजोर भए पनि अमेरिकी अर्थतन्त्र सबल बनेपछि अमेरिकी डलरको भाउ दिनदिनै उचाइमा पुगिरहेको हो। पछिल्लो घटनाक्रमलाई हेर्ने हो भने अमेरिकी डलरको भाउ फेब्रुअरी १९ देखि लगातार बढिरहेको छ।
नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको छ। अमेरिकी डलरको भाउ उतारचढाव हुँदा भारुको मूल्य कमजोर हुँदा त्यसको सोझो प्रभाव नेपाली रुपैयाँमा पर्ने गरेको छ।
डलरको भाउ बढ्दा देशमा भित्रिने रेमिटान्स बढ्छ। निर्यातजन्य व्यापारमा समेत यसले राहात दिन्छ। तर, आयातमुखी अर्थतन्त्रमा डलरको भाउ बढ्दा व्यापार घाटामा अझै चाप पर्छ। देशमा आयात हुने सामानको भुक्तानी डलरमा गर्नुपर्ने बाध्यताले यस्तो अवस्था बनाउँछ।
यस्तै देशले लिएको वैदेशिक ऋणको भार समेत डलरको भाउ बढ्दा बढ्छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19