काठमाण्डौ । आज अमेरिकी डलरको विनिमय दर बढेको छ ।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राका लागि आज(माघ ३ गते)का लागि कायम गरेको विनिमय दर अनुसार डलरको मूल्य ०.३ डलरले बढेको हो । 

यो वृद्धिसँगै एक अमेरिकी डलरको खरिद दर १३२.६२ रुपैयाँ र बिक्रीदर १३३.२२ रुपैयाँ कायम भएको छ । 

यसैगरी आज कायम भएको विनिमय दर अनुसार एक बेलायती पाउण्डको खरिद दर १६७.५८ रुपैयाँ र बिक्री दर १६८.३४ रुपैयाँ रहेको छ । एक अष्ट्रेलियन डलरको खरिद दर ८७.५५ र बिक्री दर ८७.९५ रुपैयाँ कायम गरिएको छ । त्यस्तै एक युरोको खरिददर १४४.४२ र बिक्रीदर १४५.०७ रुपैयाँ निर्धारण गरिएको छ । १० जापानीज येनको खरिद दर ९.०४ र बिक्री दर ९.०८ रुपैयाँ निर्धारण गरिएको छ । 

त्यस्तै एक कतारी रियालको खरिद दर ३६.३६ रुपैयाँ र बिक्री दर ३६.५२ रुपैयाँ रहेको छ ।