काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बैंकले आज(माघ २ गते) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको हो ।

जसअनुसार आज एक अमेरिकी डलरको खरिद दर १३२.३२ रुपैयाँ र बिक्री दर १३२.९२ रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै एक युरोको खरिद दर १४४.८४ रुपैयाँ बिक्री दर १४५.४९ रुपैयाँ तोकिएको छ । 

एक बेलायती पाउण्डको खरिद दर १६८.४३ रुपैयाँ र बिक्री दर १६९.१९ रुपैयाँ रहेको छ । एक अष्ट्रेलियन डलरको खरिद दर ८८.१८ र बिक्री दर ८८.५८ रहेको छ । त्यस्तै १० जापानीज येनको खरिद दर ९.०९ र बिक्री दर ९.१३ रुपैयाँ निर्धारण गरिएको छ । 

त्यस्तै एक कतारी रियालको खरिद दर ३६.२९ रुपैयाँ र बिक्री दर ३६.४६ रुपैयाँ रहेको छ ।