काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अत्यधिक तरलता भएपछि  माघ ३ गते ३० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।

केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट निक्षेप संकलन उपकरण बोलकबोलमार्फत् १४ दिने अवधिका लागि ३० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो ।

राष्ट्र बैंकले बोलकबोलमा ल्याउन निक्षेप संकलन उपकरणमा लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म आवेदन पेश गर्न सक्ने बताएको छ ।

उक्त निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकले त्यसलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सक्नेछन् ।

निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । राष्ट्र बैंकले अधिक तरलता भएपछि बैंकिङ प्रणालीबाट निक्षेप संकलन उपकरणमार्फत् खिचेको तरलता ६५ अर्ब ३५ करोड बाँकी छ ।

बुधबार थप ३० अर्ब रुपैयाँ खिच्न लागिएको हो । खिच्ने भएको हो । माघ ३ गतेनै २५ अर्ब रुपैयाँको निक्षेप  परिपक्व हुने भएकोले केन्द्रीय बैंकले ३० अर्बको अर्को निक्षेप संकलन  बोलकबोल गर्न लागेको हो ।