काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर नाम र तस्बिर दुरुपयोग गरी ह्वाट्सअप अकाउन्ट खोलिएको पाइएको छ।

राष्ट्र बैंकले आइतबार एउटा सूचना प्रकाशित गर्दै गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्बिर दुरुपयोग भइरहेको जानकारी दिएको हो । गभर्नर अधिकारीको नाम र तस्बिर दुरुपयोग गरी ह्वाट्सअप अकाउन्ट बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएको सूचनामा उल्लेख छ।


केन्द्रीय बैंकले उक्त फर्जी ह्वाट्सअप अकाउन्टप्रति सजग रहन सबै सरोकारवाला र सर्वसाधारणलाई भनेको छ ।

केन्द्रीय बैंकले थप अनुसन्धानका लागि प्रहरीको साइबर ब्यूरोमा पनि उजुरी दिएको छ ।