काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ८ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

समीक्षा अवधिको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १५.६० प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिको पनि कम्पनीले ६ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी घटेर ५ करोड ३६ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष विद्युत बिक्रीबाट ६ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको थियो। 

कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी भने बढेर ७ करोड ८७ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ६ करोड ७ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी १ अर्ब ९७ करोड रहेको कम्पनीको रिजर्भको आकार ३५.७७ प्रतिशतले बढेर १० करोड ७१ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ७ करोड ८९ लाख रुपैयाँ रहेको थियो। 

कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ५.१९, पीई रेसियो ९२.५१ गुणा र प्रतिसेयर नेटवर्थ ११५.२३ रुपैयाँ रहेको छ।