काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ।
योसँगै अब नबिल इन्भेस्टमेन्ट बैंकिङले अरुण काबेलीको हकप्रद निष्कासन तथा बिक्री गर्नेछ।
अरुण काबेलीको गत भदौ २६ गते सम्पन्न ११ औँ वार्षिक साधारणसभाले चुक्तापुँजीको सतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने मुख्य प्रस्ताव पारित गरेको थियो।
यो कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्लाबीच भई बग्ने काबेली नदीमा २५ मेगावाट क्षमताको काबेली बी–१ जलविद्युत आयोजना निर्माण गरी २०७६ कात्तिक २३ गतेबाट व्यावसायिक उत्पादन गरिरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19