काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ७ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १०.१० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ६ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

दोस्रो त्रैमासमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ३२.३२ प्रतिशतले बढेर ४ करोड २ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले ३ करोड ४ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीले ७ करोड १८ लाख रुपैयाँ बढी अन्य स्रोतबाट आम्दानी गरेको छ। यस्तो आम्दानी गत वर्ष यही अवधिमा ६ करोड ५३ लाख रुपैयाँ रहेको थियो। 

चुक्तापुँजी १ अर्ब ७२ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार घटेर १३ करोड ५२ लाख रुपैयाँमा खुम्चिएको छ। गत वर्ष यही अवधिमा रिजर्भमा १४ करोड ४३ लाख रुपैयाँ रहेको थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १३.६३ रुपैयाँबाट घटेर ८.६६ रुपैयाँमा झरेको छ। पीई रेसियो ५७.८२ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १०७.८२ रुपैयाँ रहेको छ।