काठमाण्डौ । असोजको तेस्रो साता वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै घटेको छ।
नेपाल बैंकर्स संघ (एनबीए)ले आज सार्वजनिक गरेको असोज तेस्रो साता (असोज १५ गतेदेखि असोज २१ गतेसम्म)को तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप र कर्जा दुवै घटेको हो।
तथ्यांकअनुसार यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ८ अर्ब रुपैयाँले घटेको छ। गत असोज १४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब १९ अर्ब रुपैयाँ रहेकोमा असोज २१ गतेसम्म घटेर ४५ खर्ब ११ अर्ब रुपैयाँमा झरेको छ।
यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ४ अर्ब रुपैयाँले घटेको छ। गत असोज १४ गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ९७ अर्ब रुपैयाँ रहेकोमा असोज २१ गतेसम्म घटेर ४१ खर्ब ९३ अर्ब रुपैयाँमा झरेको छ।
असोज २१ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८७.२५ प्रतिशत रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago