काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनीको वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

कम्पनीको १६ औं वार्षिक साधारण सभा अध्यक्ष राम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

सभाबाट सर्वसाधारण सेयरधनीहरुको तर्फबाट ईन्द्र कृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । 

सभाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगती प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।

त्यसैगरी, सभाले आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन उपर छलफलसँगै लेखापरीक्षक नियुक्त र पारिश्रमिक निधारणसमेत गरेको छ ।