काठमाण्डौ । आँखु खोला जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले २ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा पनि कम्पनीले १० लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।
कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि बढेर २२ करोड २९ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। अघिल्लो वर्ष कम्पनीले विद्युत् बिक्रीबाट १९ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको थियो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा १४ करोड २० लाखरुपैयाँ रहेको छ। जुन अघिल्लो वर्ष १२ करोड ३५ लाख रुपैयाँमा सीमित थियो।
चुक्तापुँजी ८० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३.१० रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ६४.६४ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ७०.१८ पैसा रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19