काठमाण्डौ । सिस्टम अद्यावधिक गर्नका लागि कृषि विकास बैंक लिमिटेडका बैंकिङ सेवा आज शुक्रबार दिउँसोबाट आगामी आइतबार बिहानसम्म बन्द गरिने भएको छ।
बैंकले आज एक सूचना प्रकाशित गरी सिस्टम अद्यावधिक गर्नका लागि आज (साउन ८ गते) दिउँसो २ः३० बजेदेखि साउन १० गते आइतबार बिहान १० बजेसम्म बैंकिङ सेवाहरु बन्द रहने जानकारी गराएको हो।
बैंकले हाल सञ्चालनमा ल्याइएको कोर बैंकिङ सफ्टवेयर (सीबीएस) टेमेनोस–२४ एप्लिकेसनको भर्सन–आर१६ लाई भर्सन–आर२०मा अद्यावधिक गर्नका लागि यो अवधिमा बैंकिङ सेवा बन्द रहने जनाएको छ।
बैंकका अनुसार यो अवधिमा बैंकबाट प्रवाह हुने सीबीएससँग सम्बन्धित सम्पूर्ण सेवा तथा सम्पूर्ण डेलिभरी च्यानलहरु (मोबाइल बैंकिङ, एटीएम, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, किसान कार्डलगायत) बन्द रहनेछ।
यी सेवा बन्द हुँदा ग्राहकमा पर्न जाने असुविधाका लागि बैंकले क्षमा मागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19