काठमाण्डौ । भारतीइ आयल कर्पोरेसन (आईओसी)ले इन्धनको भाउ बढाएर नेपालमा नयाँ मूल्यसूची पठाएको छ।
नेपाल आयल निगमले आईओसीले मंगलबार साँझ पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएर पठाएको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ।
नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ८ रुपैयाँ, डिजेलमा ७.९८ रुपैयाँ र मट्टीतेलमा ४.८० रुपैयाँले बढेको छ। हवाई इन्धनमा पनि लिटरमै ७.५० रुपैयाँले बढेर आएको निगमले जनाएको छ।
नयाँ मूल्य आएपछि निगमललाई पाक्षिक (१५ दिन)मा ९ करोड ४१ लाख रुपैयाँ नोक्सानीमा जाने देखिन्छ।
भारतबाट बढेर नयाँ मूल्य आए पनि निगमले मूल्य समायोजन गरेको छैन।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago