काठमाण्डौ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ।

अप्रिल १६ मा पठाएको मूल्यसूचीअनुसार पेट्रोलको भाउ प्रतिलिटर ४.७९ रुपैयाँ घटेको छ। डिजेल र हवाई इन्धनको मूल्य भने बढेको छ। 

नेपाल आयल निगमका अनुसार डिजेलको मूल्य प्रतिलिटर २.०२ रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ०.३८ पैसा बढेको छ। नयाँ मूल्य र हालको खपत तथा मूल्यअनुसार विश्लेषण गर्दा निगमलाई अब पाक्षिक (१५ दिन) करिब ३ अर्ब ७३ करोड घाटा हुने निगमले जनाएको छ। 

यसअघि अप्रिल १ मा पनि आईओसीले मूल्यसूची पठाएको थियो।