काठमाण्डौ ।पाँच ओटा अलग -अलग कम्पनीले आईपीओ निष्कासन गर्न बुधबार नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।
जसअन्तरगत जगदम्बा स्टिल कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो। कम्पनीले कुल ५० करोड रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागेको छ।
यो कम्पनीले १०० रुपैयाँ अंकित मूल्य र २०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ३०० रुपैयाँमा २ करोड ७० हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा भने सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।
त्यसैगरी एसवाई प्यानलले ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ।आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा भने प्रभु क्यापिटल लिमिटेड रहेको छ।
त्यस्तै, माविलुङ इनर्जि लिमिटेडले १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन गर्न बोर्ड समक्ष अनुमति मागेको छ । यसैगरी, एम्बालिङ हाइड्रोपावरले २८ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति मागेको छ । यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
त्यस्तै, एपेक्स हस्पिटालिटी लिमिटेडले २४ लाख कित्ता सेयर निष्कासन गर्ने छ। यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago