काठमाण्डौ । संयुक्त ऊर्जा लिमिटेडले आईपीओ निष्कासन गर्ने  प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २१ गते शनिबार हुने साधारणसभामा लैजाने तयारि गरेको हो ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय ललितपुरमा अपरान्ह ३ बजेदेखि सुरु हुनेछ । साधारण सभामा सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने र आईपीओ निष्कासन पछि प्राप्त हुने रकम उपयोगबारेमा पनि छलफल हुने छ।

साधारण सभाले गत आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह विवरणसहितको लेखापरीक्षण प्रतिवेदनमा छलफल गरि पारित गर्नेछ ।

यसैगरी, सोही सभाले सञ्चालक समिति चयन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।