initial public offering
काठमाण्डौ । बाराको सिमरामा अवस्थित समता माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेडले आजदेखि सर्वसाधारणका लागि ९४ लाख ८० हजार बराबरको सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्दैछ ।
आइपीओका लागि सर्वसाधारणले पुस २२ गतेसम्म आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । सो अवधिसम्म पनि माग गरे अनुसार आइपीओको आवेदन नपरे अधिकतम मिति भनी माघ ४ लाई तोकिएको छ ।
इच्छुक लगानीकर्ताले न्यूनतम ५० देखि ५ सय कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
यो माइक्रो फाइनान्स कम्पनीले १ हजार ८ सय ९६ कित्ता सेयर आफ्ना कर्मचारीका लागि, ४ हजार ७ सय ४० कित्ता १० वटा म्युुचुुल फण्डलाई र बाँकी कित्ता सर्वसाधारणका लागि छुट्याएको छ ।
यो कम्पनीको आइपीओको बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट लिमीटेड रहेको छ।
आइपीओको व्यवस्थापनपछि कम्पनीको चुक्तापूँजी हालको २ करोड २१ लाखबाट ३ करोड १६ लाखको उचाईमा पुुग्नेछ । यो माइक्रो फाइनान्सको अधिकृत पूँजी ५ करोड रुपैयाँको छ । यस्तै, आइपीओपछि कम्पनीमा संस्थापक साधारण सेयरधनीको सेयर स्वामित्व संरचना ७० स् ३० प्रतिशतमा रुपान्तरण हुनेछ ।
आवेदन संकलन केन्द्रहरु :
१.एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेड, लाजिम्पाट, काठमाण्डौ । सम्पर्क व्यक्ति र फोन : बद्री प्याकुरेल, ४००५०८०
२.नेपाल इन्भेष्टमेन्ट बैंकका शाखा कार्यालयहरु स्पुतलीसडक, लाजिम्पाट, कालीमाटी, बौद्ध, बत्तिसपुतली, ठमेल, पुल्चोक, लगनखेल, सिपाडोल तथा उपत्यका बाहिरका सम्पूर्ण शाखा कार्यालयहरु । सम्पर्क व्यक्ति र फोन : बद्री प्याकुरेल, ४००५०८०
३.समता माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेड, सिमरा, बारा तथा सम्पूर्ण शाखा कार्यालयहरु । सम्पर्क व्यक्ति र फोन : ०५३(५२१९२१, रोशन गुरुंग
४.भिबोर क्यापिटल लिमीटेड, कृष्णगल्ली, ललितपुर । सम्पर्क व्यक्ति र फोन : सागर तामांग, ५५५४७९३
५.सिबीआइएल क्यापिटल लिमीटेड, डिल्लीबजार काठमाण्डौ । सम्पर्क व्यक्ति र फोन : सञ्जिव भण्डारी, ४४१७७२३
६.गोर्खाज् फाइनान्स लिमीटेड, डिल्लीबजार काठमाण्डौ तथा शाखा कार्यालयहरु : बौद्ध, न्यूरोड, सातदोबाटो, सूूर्य्बिनायक, दमक, धरान, इटहरी, नारायगढ र विर्तामोड । सम्पर्क व्यक्ति र फोन : मुकुन्द श्रेष्ठ, ४४३०५२७
७.गुहेश्वरी मर्चेन्ट बैकिंग एण्ड फाइनान्स लिमीटेड । हरिहर भवन, ललितपुर तथा शाखा कार्यालयहरु चावहिल, हेटौडा, वीरगञ्ज र चारआली । सम्पर्क व्यक्ति र फोन : अर्चना प्रधान, ५५३७४०७
८.आइसीएफसी फाइनान्स लिमीटेड, भाटभटेनी काठमाण्डौ तथा शाखा कार्यालयहरु बौद्ध, मैतीदेवी, गोगंबुु, पेप्सीकोला, न्यूरोड र बनेपा । सम्पर्क व्यक्ति र फोन : नितेश तिवारी, ४४२५२९२
९.सिनर्जी फाइनान्स लिमीटेड, कमलादी काठमाण्डौ । शाखा कार्यालयहरु स् गोगंबु, न्यूरोड पोखरा र मिलनचोक बुटवल । सम्पर्क व्यक्ति र फोन : राजेश पुरी, ४४४२४६१
१०.हाम्रो विकास बैंक लिमीटेड, नूवाकोट । सम्पर्क व्यक्ति र फोन : राकेश डंगोल, ०१०५६१७७७
११.साझा विकास बैंक लिमीटेड, धनगढी, कैलाली तथा शाखा कार्यालयहरु : टिकापुर र महेन्द्रनगर । सम्पर्क व्यक्ति र फोन : कमला बजगाई, ०९१५२६००
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago