काठमाण्डौ । सानिमा बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असोज २१ गते अन्तिम मौका रहेको छ।
वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ बैंकले भोलि असोज २२ गते १ दिन सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ। यसको यो बैंकको साधारणसभामा सहभागी हुन र घोषित लाभांश पाउन आज असोज २१ गतेसम्म सेयरधनी कायम हुनुपर्नेछ।
सानिमा बैंकले आफ्नो १९औँ वार्षिक साधारणसभा आगामी कात्तिक २ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको चण्डोलस्थित कुण्डलिनी बैंक्वेटमा बिहान ११ बजेबाट हुनेछ।
सभाले २०८० साल असार मसान्तसम्म कायम रहेको सञ्चित मुनाफाबाट चुक्तापुँजीको ५.७० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागिसमेत) वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव अनुमोदन गर्नेछ। सोही सभाले चुक्तापुँजीको ९ प्रतिशत बोनस सेयर वितरणको प्रस्तावन पनि पारित गर्नेछ।
सभामा आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय अवस्थाको विवरण, आयव्यय विवरणसमेत पारित गर्ने अजेन्डा छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19