काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडको हकप्रद सेयर भर्नका लागि योग्य हुने आज कात्तिक २ गते अन्तिम रहेको छ।
कम्पनीले हकप्रद सेयर निष्कासनका लागि भोलि कात्तिक ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज कात्तिक २ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन्।
नेपाल धितोपत्र बोर्डले केही समयअघि घलेम्दी हाइड्रोलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको थियो। अब यो कम्पनीले १ः२ अनुपातमा अर्थात् चुक्तापुँजीको २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्नेछ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड १० लाख कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुलाई बिक्री गर्नेछ।
कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
यो कम्पनीले सांग्रिला ऊर्जा प्रालिद्वारा प्रबर्द्धिधत संखुवासभामा रहेको ६३ मेगावाटको पीआरओआर छुजुङ खोला जलविद्युत आयोजनामा घलेम्दीको कम्तीमा ५१ प्रतिशत सेयर कायम हुने गरी लगानी गर्न हकप्रद सेयर बिक्रीबाट रकम जुटाउने लक्ष्य राखेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19