काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई जारी गर्न लागेको हकप्रद सेयर सुरक्षित गर्ने आज साउन १ गते अन्तिम मौका रहेको छ।
कम्पनी सञ्चालक समितिले हकप्रद निष्कासनका लागि कम्पनीले भोलि साउन २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज साउन १ गतेसम्म कायम सेयरधनीहरु मात्रै यो कम्पनीको हकप्रद भर्न योग्य हुनेछन्।
कम्पनीले हकप्रद सेयर निष्कासनको मिति भने तय गरिसकेको छैन।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गत असार १५ गते बरुण हाइड्रोपावरलाई चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको छ।
सेबोनको अनुमतिसँगै अब बरुण हाइड्रोपावरले १०० अंकित दरका कुल २६ लाख ७९ हजार ७६ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ।
बरुण हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट एन्ड बैंकिङ लिमिटेड रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago