काठमाण्डौ । आज पुस २९ गते एकैदिन तीन वाणिज्य बैंकसहित १७ कम्पनीले आआफ्नो वार्षिक साधारणसभा आयोजना गर्दैछन्।
कृषि विकास बैंक, एनसीसी बैंक, राष्ट्रिय वाणिज्य बैंक, गुडविल फाइनान्स, मञ्जुश्री फाइनान्स, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त, मानुषी लघुवित्त, समाज लघुवित्त, सामुदायिक लघुवित्त, मिर्मिरे लघुवित्त, चन्द्रागिरी हिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, बरुण हाइड्रोपावर र माउन्टेन हाइड्रोले आज एकैदिन वार्षिक साधारणसभा आयोजना गर्न लागेको हो। यीमध्ये अधिकांशको वार्षिक साधारणसभा कोभिड महामारीलाई ध्यानमा राखेर सरकारले २५ जनाभन्दा बढीको सभा तथा सम्मेलनमा रोक लगाएका कारण भर्चुअल माध्यमबाट गर्नेछन्।
यी सबै कम्पनीको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, लाभांश वितरण, सञ्चालकको चयन, हकप्रद जारी गर्ने, उपयुक्त कम्पनीसँग मर्जर र प्राप्ति प्रक्रिया अगाडि बढाउनेलगायतका प्रस्तावहरु अनुमोदन गर्नेछन्।
कृषि विकास बैंकले २० प्रतिशत बोनस र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव सभामा राख्नेछन्।
त्यस्तै एनसीसी बैंकको सभाले ८ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ।
वाणिज्य बैंकको सभाले भने ३० प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी कुल ३३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।
सभाहरुमा गुडविल फाइनान्सको १३ प्रतिशत (बोनस ९.१ प्रतिशत र ३.९ प्रतिशत नगद), मञ्जुश्री फाइनान्सको ४६ प्रतिशत (बोनस ४० प्रतिशत र नगद ६ प्रतिशत), श्री इन्भेस्टमेन्टको १३ प्रतिशत (७.७ प्रतिशत बोनस र ३.३ प्रतिशत नगद) र गुहेश्वरी मर्चेन्टको १०.५२६३ (बोनस १० प्रतिशत र नगद ०.५२६३ प्रतिशत) अनुमोदन हुनेछन्।
मिथिला लघुवित्तको सभाले २५ प्रतिशत बोनस र १.३१५७ प्रतिशत नगद लाभांश र मिर्मिरेको सभाले २० प्रतिशत बोनस सेयर पारित गर्नेछ।
सभाले एनआरएन इन्फ्रास्ट्रक्चरको ५ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ।
बरुण हाइड्रोपावरले भने आफ्नो वार्षिक साधारणसभाबाट १ः१ अनुपातमा हकप्रद निष्कासनको अजेन्डा अनुमोदन गर्नेछ।
बजार नियामक नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पनि आज ४० औँ वार्षिक साधारणसभा बस्नेछ। सभाले ६६.६७ प्रतिशत बोनस सेयर र १०० प्रतिशत नगद लाभांश गरी कुल १६६.६७ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19