काठमाण्डौ । आज पुस ३० गते एकैदिन ५ वटा वाणिज्य बैंकसहित २२ वटा कम्पनीले वार्षिक साधारणसभा डोकेका छन्।
नबिल बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र सेञ्चुरी कमर्सियल बैंकसहित २२ कम्पनीले आज एकैदिन वार्षिक साधारणसभा डोकेका हुन्। नियमअनुसार अघिल्लो आर्थिक वर्षको वार्षिक साधारणसभा कम्पनीहरुले चालु आर्थिक वर्षको पुस मसान्तसम्म गरिसक्नुपर्छ। सोही कारण आज एकैदिन यति धेरै कम्पनीको वार्षिक साधारणसभा परेको छ। त्यसो त केही कम्पनीहरुले माघमा पनि वार्षिक साधारणसभा डोकेका छन्।
आज खानीखोला हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, कालिका पावर, मैलुङखोला जलविद्युत र हिमालयन पावर पाटर्नर पनि आआफ्नो वार्षिक साधारणसभा डाकेका छन्।
त्यस्तै मल्टीपर्पस फाइनान्स, रिलायन्स फाइनान्स, पोखरा फाइनान्स, समृद्धि फाइनान्स र सेन्ट्रल फाइनान्सले पनि आजै वार्षिक साधारणसभा डाकेका छन्।
फरवार्ड, जनउत्थान सामुदायिक, आरएमडीसी, कालिका र आँधिखोला लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स तथा कर्पोरेट डेभलपमेन्ट बैंकले पनि आज वार्षिक साधारणसभा आह्वान गरेका छन्।
विशेषगरी वाणिज्य बैंक, फाइनान्स र लघुवित्तहरुले वार्षिक साधारणसभा गत आर्थिक वर्षको लाभांश पारित, मर्जर र प्राप्तिलगायतका अजेन्डा लैजाँदैछन्। गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन पनि छलफल गरी सभाले पारित गर्नेछ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19