काठमाण्डौ । आज आइतबार अमेरिकी डलर र पाउन्ड स्टेर्लिङको भाउ घटेको छ भने युरोको भाउ बढेको छ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि कायम विदेशी मुद्राहरुको विनिमय दरअनुसार डलरको भाउ ३३ पैसाले घटेको हो। आज प्रतिडलर खरिददर ११७.२२ रुपैयाँ र बिक्रीदर ११७.८२ रुपैयाँ रहेको छ।
गत शुक्रबार डलरको २१ पैसाले बढेको थियो। यो दिन प्रतिडलर खरिददर ११७.५५ रुपैयाँ र बिक्रीदर ११८.१५ रुपैयाँ रहेको थियो।
आज पाउन्ड स्टेर्लिङको भाउ पनि २७ पैसाले घटेको छ। आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५२.२१ रुपैयाँ र बिक्रीदर १५२.९९ रुपैयाँ कायम भएको छ।
गत शुक्रबार पाउन्ड स्टेर्लिङको भाउ पनि १.०२ रुपैयाँले बढेको थियो। यो प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५२.४८ रुपैयाँ र बिक्रीदर १५३.२६ रुपैयाँ कायम भएको थियो।
आज युरोको भाउ २९ पैसाले बढेको छ। आज प्रतियुरो खरिददर १३८.९४ रुपैयाँ र बिक्रीदर १३९.६५ रुपैयाँ कायम भएको छ।
गत शुक्रबार युरोको भाउ ६३ पैसाले घटेको थियो। यो दिन प्रतियुरो खरिददर १३८.६५ रुपैयाँ र बिक्रीदर १३९.३६ रुपैयाँ कायम भएको थियो।
आज अन्य विदेशी मुद्राको दर यस्तो छ–
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19